‘सेफर भ्याली’ कन्सेप्ट कार्यान्वयनका लागि सहकार्य जरूरी छ : प्रहरी महानिरीक्षक कुँवर

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीले सुरक्षित महानगरका लागि अघि सारेको ‘सेफर भ्याली’ कन्सेप्टको परिकल्पना र त्यसभित्रको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी र महानगरबीच सहकार्य आवश्यक भएको बताएका छन्।

काठमाडौं महानगरपालिकाको ३१ औं नगर प्रहरी दिवसमा शुभकामना दिँदै उनले नगर प्रहरीले महानगरको भौतिक पूर्वाधार क्षेत्रमा देखिने गरी काम गरेको समेत बताए।

उनले नेपाल प्रहरीले सुरक्षित महानगरका लागि अघि सारेको सेफर भ्यालीको कन्सेप्ट दुबैको हितमा हुने भन्दै त्यसलाई मिलेर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।

‘नेपाल प्रहरीले विगतदेखि अघि सार्दै आएको सेफर भ्याली कन्सेप्टको परिकल्पना र त्यसभित्रको सुरक्षा व्यवस्थापनको लागि नेपाल प्रहरी र महानगरपािलका एकजुट भएर अगाडि बढ्न जरूरी छ। हामी हिँड्ने मार्ग पृथक् होला तर हाम्रो लक्ष्य एउटै हो। त्यो हो सुरक्षित महानगर,’ कुँवरले भने।

उनले महानगरका प्रहरी बलको कार्यले शान्तिसुरक्षालाई व्यवस्थापन गर्न प्रहरीलाई समेत सहयोग पुगेको भन्दै प्रहरीको मनोबलले धेरै कुरा पूरा गर्न सकिने कुरा महानगर प्रहरीले स्पष्ट पारेको बताए। तर, उनले स्थानीय र संघीय सरकारको बीचमा तादम्यता र समन्वय हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘कताकता समन्वयको कमी भएको हो कि भन्ने मलाई लाग्छ। तर, संघीय सरकार र स्थानीय सरकारबीचको अलि माथिल्लो तहको समन्वय गरेर हामी जान सक्यौं भने हामीले महानगरपालिकालाई कायापलट गर्न सक्छौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर