नेपाल प्रहरी र सशस्त्र प्रहरी नातावाद-कृपावादबाट माथि उठे सुशासन कायम हुन्छ : मेयर बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय सबै खाले स्वार्थबाट माथि उठ्ने हो भने सुशासन कायम हुने बताएका छन्।

बिहीबार महानगर प्रहरीको ३१ औं नगर प्रहरी दिवस कार्यक्रममा उनले सबै संस्थाले नातावाद, कृपावाद र राजनीतिक प्रभावमा नपरी इमान्दारितापूर्वक काम गरे सहरमा सुशासन ल्याउन सफल हुने बताएका हुन्।

नगर प्रहरी बलले कसैको प्रभावमा नगरी कार्य गरेको दाबी उनले गरे। उनले सोहीअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालयले समेत कार्य गर्न सके महानगरमा सुशासन ल्याउन सफल हुने दाबी गरे।

महानगरले प्रहरी दिवसको अवसरमा नगर प्रहरी बलबाट नगरमा सुशासन कायम गर्न सहयोग पुर्‍याएका तथा उत्कृष्ट काम गरेका नगर प्रहरीलाई सम्मान गरेको छ।

महानगरले नगर प्रहरी बलका सहायक निरीक्षक लीला थापा क्षेत्रीलाई महानगर गौरव पुरस्कारबाट सम्मानित गरेको छ। पुरस्कारको राशि ३० हजार रूपैयाँ रहेको छ।

त्यस्तै उत्कृष्ट महानगर प्रहरी पुरस्कारबाट नगर प्रहरी निरीक्षक विष्णुराज शर्मा दाहाल सम्मानित भए। महानगर प्रहरी पुरस्कारबाट भने नगर प्रहरी नायब निरीक्षक कर्णबहादुर थापा, नगर प्रहरी सहायक निरीक्षक नवराज अधिकारी, नगर प्रहरी सहायक निरीक्षक अमरविक्रम कार्की, नगर प्रहरी हवल्दार सुरेश डेउडा, नगर प्रहरी हवल्दार रामप्रसाद भुसाल सम्मानित भएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *