धादिङको रूबी भ्याली गाउँपालिकामा भगवान् शिवको २२ फिट अग्लो मूर्ति स्थापना

धादिङको रूबी भ्याली गाउँपालिका-४, बोराङ थालगाङ डाँडामा भगवान् शिवको मूर्ति स्थापना गरिएको छ।

२२ फिट अग्लो ७०० टन तौल भएको ढुंगाबाट निर्माण गरिएको भगवान् शिवको मूर्तिको बिहीबार सिद्ध योगी बाबा श्री १००८ परमहंस कालीदासजी महाराजबाट समुद्घाटन तथा प्राण प्रतिष्ठा सम्पन्न भएको छ।

मूर्ति समुद्घाटनका अवसरमा कालीदासी महाराजसँगै आएका भारतीय पाहुनाहरू,राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङ, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलन थापा, बोर्डका सदस्यहरू, कोष परिवार र यस कार्यमा विशेष योगदान गर्ने फिलिम तामाङको उपस्थिति थियो।

उद्घाट्नका अवसरमा भेला भएका अतिथिहरूलाई गाउँका मुखियाहरू,गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष-सदस्यहरू, लामा-झाँक्रीहरू, शिक्षक-विद्यार्थीहरू र गाउँलेहरूले परम्परागत शैलीमा भव्य स्वागत गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर