२१४ जना नेपाली शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

२१४ जना नेपाली शान्ति सैनिक द्वन्द्वरत अफ्रिकी मुलुक दक्षिण सुडान प्रस्थान गरेका छन्।

तारादल गणको तेह्रौं डफ्फाका शान्ति सैनिकहरू दक्षिण सुडानमा संयुक्त राष्ट्र मिशन (यूएनमिस) का लागि बिहीबार मिशन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यसअघि बुधबार सोही मिशनमा सहभागी शेर गण बाह्रौं डफ्फाका २१२ जना सैनिकहरू स्वदेश फिर्ता भएका थिए।

अफ्रिकी मुलुक दक्षिण सुडानमा तैनाथ रहेको यूएनमिसमा नेपाली सेनाका दुई इन्फेन्ट्री बटालियन र एक हाई रेडिनेश कम्पनीमा गरी १,७०० फौज तैनाथ छन्।

त्यस्तै सेक्टर कमाण्डर १, स्टाफ अधिकृत ४७ र सैनिक पर्यवेक्षक १० जनासहित कुल १,७५८ जना नेपाली सैनिक कार्यरत रहेका छन्।

यो हाल नेपाली सेनाबाट सबैभन्दा धेरै जनशक्ति खटिएको संयुक्त राष्ट्रसंघीय शान्ति मिशन हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर