काठमाडौंलाई ‘क्रियटिभ सिटिज अफ फिल्म’ को रूपमा चिनाउन युनेस्कोमा प्रस्ताव पठाएका छौं : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरलाई फिल्म सिटीको रूपमा विकास गर्न आवश्यक पहल थालिएको बताएकी छन्।

नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले सुन्दरता, कलाकृति, परम्परा र मूर्त-अमूर्त सम्पदालाई फिल्मको माध्यमबाट देखाउने हेतुले महानगरलाई ‘क्रियटिभ सिटिज अफ फिल्म’ को रूपमा ब्राण्डिङका लागि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) मा सिफरिस गरिएको जानकारी दिइन्।

उनले युनेस्कोमा प्रस्ताव पठाएकाले सकारात्मक रिजल्ट आउने अपेक्षा गरेको भन्दै महाननगरपालिकाले यसपटकको नीति कार्यक्रममा समेत फिल्म क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बनाएको उल्लेख गरिन्।

२०२४ सम्ममा फिल्म क्षेत्रको विकासका लागि ठोस निर्णय हुने भन्दै उनले भनिन्, ‘महानगरपालिकाको नीति, कार्यक्रकम र बजेट बनाइरहँदाखेरि केमा ध्यान दियौं भने काठमाडौंको सुन्दरता, कला, हाम्रो रीतिरिवाज, मूर्त-अमूर्त सम्पदाहरू देखाउने माध्यम फिल्म हो भनेर हामीले यसरी सोकेस गर्दैछौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर