बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा

नेपाली कांग्रेसका प्रदेश सांसद कुन्दनराज काफ्लेले बागमती प्रदेशको प्रमुख सचेतकबाट राजीनामा दिएका छन्।  मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको जानकारी दिएका हुन्।

उनले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा पार्टी संगठन र दोलखाका जनताको काम गर्न समय नपुगेकाले राजीनामा दिएको बताएका छन् ।

‘नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतकको भूमिकाबाट राजीनामा दिएको छु। गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो,’ उनले स्ट्याटसमा लेखेका छन्, ‘प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर