एमालेमा ठूलो पहिरो जाँदैछ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमालेमा ठूलो पहिरो जान लागेको दाबी गरेका छन्।

बुधबार समाजवादी आदिवासी जनजाति काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले अब एमालेमा ठूलो पहिरो जाने भन्दै त्यसका लागि आफ्नो पार्टीले सही बाटो लिनुपर्ने बताए।

‘अहिले हामी के कुरामा बढी मात्रामा चिन्तित छौं भने हामीसँग सँगै विद्रोह गरेर आएका कतिपय साथीहरू पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने चिन्ता नि हामीसँग छ। विभिन्न जिल्लामा त्यस्ता घटनाहरू घटिरहेका छन्,’ उनले भने, ‘तर हामीले यही मञ्जबाट तपाई. हामीले एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौं। यो केको थालनी हो भने अब एमालेभित्र पहिरो जाँदैछ। हामीले सही बाटो लिने हो भने केही वर्षभित्र हाम्रो पार्टी राष्ट्रिव्यापी बन्न सक्छ।’

अहिले पनि समाजवाद ल्याउन सकिँदैन बन्ने बाटोमा लागेको भन्दै एमाले दक्षिणपन्थी अवसरवादतर्फ लागेको आरोप नेता खनालले लगाए।

उनले भने, ‘अहिलेको समाजवाद त ल्याउनै सकिँदैन भन्छ एमालेले। समाजवादलाई अहिले कार्यक्रम बनाउनै सकिँदैन, अहिले पनि दशौं राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेज हेर्नुभयो भने समाजवाद ल्याउन सकिँदैन, त्यसले जबज नै लक्ष्य हो भन्छ उसले। यसरी त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लाग्यो।’ -नेपाल न्यूज बैंक 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर