देउवाका तर्फबाट सभापतिकाे उम्मेदवार म बन्न सक्छु : कोइराला

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापति उम्मेदवार आफू बन्न सक्ने बताएका छन्।

भरतपुर विमानस्थलमा बुधबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुंगाे भने लागिनसकेकाे जानकारी दिए।

विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले यो प्रतिक्रिया दिएका हुन्।

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाइँ हुने सम्भावना कत्तिको छ? भन्ने प्रश्नमा उनले भने, ‘सम्भावना छ, किन छैन? नहुने भन्ने के छ?’

पार्टीका साथीहरूसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उनको भनाइ छ। तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभनेको उनले बताए।

‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरूसँग भेटघाट गरौं, उहाँहरूको विचार सुनौं, अनि मात्रै निर्णय गर्छु,’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर