एसिया कप खेलेर स्वदेश फर्किएपछि के भन्छन् कप्तान रोहित?

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्रिकेटको विकासका लागि अब पूर्वाधारमा लगानी ढिला गर्न नहुने बताएका छन्।

एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग उनले पर्याप्त तयारीविना सफलता हासिल हुन नसक्ने भन्दै अब भौतिक पूर्वाधारमा लगानी गर्न आवश्यक रहेको बताए।

‘अब चाहिँ हाइटाइम भइसक्यो, इन्फ्रास्ट्रक्चर (पूर्वाधार) मा इन्भेस्ट (लगानी) गर्नुपर्छ। जहिल्यै पनि ती कुराहरूमा संघर्ष गरिरहेका हुन्थ्यौं हामी,’ उनले भने ‘डोमेस्टिक स्ट्रक्चर छैन केही पनि। प्रत्येक प्रदेशमा ग्राउण्ड खासगरी पिचहरू भयो भने तयारी गर्न सकिन्छ।’

यो खेलबाट नेपालले धेरै कुरा सिक्न सकेको उनले बताए। विशेष गरी भारतसँग नेपालको खेलबाट आफू धेरै खुुसी भएको बताए।

विश्वका उत्कृष्ट बलरहरूलाई सामना गर्न नेपाली टोली सफल हुनु नै ठूलो कुरा भएको उनले बताए।
एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर