काठमाडौंमा ‘सिंहदरबार’ जस्तै अब जनकपुरमा ‘जनक दरबार’ : मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका सम्पूर्ण मन्त्रालयहरू एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रूपमा जनक दरबार निर्माण गर्ने बताएका छन्।

बुधबार जनकपुरधामको बेंगाशिवपुरमा श्रीकृष्ण जन्माष्टमी मेला तथा कलशयात्राको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधामको बाउन्न बिघा जमिनमा प्रदेशको हरेक मन्त्रालय र मुख्य प्रशासनिक इकाइ बनाएर जनक दरबारको रूपमा स्थापित गर्ने बताए।

काठमाडौंको सिंहदरबाजस्तै प्रदेशको मुख्य केन्द्रको रूपमा अब जनक दरबार स्थापित हुने उनको दाबी छ।

उनले जनक दरबार बनाउने निर्णय चार महिना पहिले नै गरेर प्रधानमन्त्री कार्यालयलाई बुझाइसकेको र स्वीकृति पाउने बित्तिकै निमार्ण कार्य अगाडि बढाउने जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *