कोशी प्रदेशमा हालकै सरकारको निरन्तरता वा नयाँ सरकार? आज फैसलाको सम्भावना

कोशी प्रदेश सरकारविरूद्धको रिटमा आज जवाफी बहस हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा आज बहस हुँदैछ।

मुख्यमन्त्री उद्धव थापाका केही कानून व्यवसायीले जवाफी बहस सकेपछि सर्वोच्चले फैसला सुनाउने सम्भावना छ। सर्वोच्चको फैसलाले कोशी सरकार कसको बन्छ भन्ने तय हुनेछ।

सर्वोच्चको पूर्ण इजलासमा भएको सुनुवाइमा मंगलबार मुख्यमन्त्री थापासहितका प्रतिवादीको तर्फबाट बहस भएको छ। यसअघि सोमबार निवेदकको तर्फबाट रिट दर्ता गरेका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) नेता हिक्मत कार्की पक्षले बहस गरेका थिए।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेअनुसार सोमबारबाट पूर्ण इजलासमा सुनवाइ हुने भने पनि सो दिन हेर्दाहेर्दैमा राखिएको थियो। जसअनुसार कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि मंगलबारबाट सुनुवाइ सुरू भएको हो

मुख्यमन्त्री थापाले प्रदेशसभा बैठकमा सभाध्यक्षसमेतको मत जोडेर विश्वासको मत लिएपछि नेकपा (एमाले) ले सो कार्य गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो।

उक्त रिटमाथि गत शुक्रबार नै पूर्ण सुनुवाइ गर्ने गरी यसअघि नै पेसी तोकिएको थियो। तर, सो रिटमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भनेसँगै सुनवाइ रोकिँदै आएको थियो।

प्रदेशसभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधानविपरीत रहेको दाबी गर्दै एमाले नेता कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर