प्रधानमन्त्रीको चीन भ्रमणका सबै एजेण्डा तय भइसकेका छैनन् : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणका क्रममा नेपालको पूर्धाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत समग्र विषयमा सहयोगका लागि छलफल हुने बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रधानमन्त्री दहालको आसन्न चीन भ्रमणबारे जानकारी दिँदै उनले छलफलका ठोस ऐजेण्डा भने तय हुन बाँकी रहेको बताए।

उनले भने ‘अहिले सबै ऐजेण्डाहरू फाइनल भइसकेको छैन। यसमा ऐजेण्डाहरू छन्, पूर्वाधार विकास, कृषि ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालयागत विविध क्षेत्रमा गर्ने सहयोगका बारेमा छलफल चलिरहेको छ। सम्झौताका बारेमा पनि दुई पक्षबीच छलफल चलिरहेको छ।’

उनले चीनले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गर्दै उनले त्यसका लागि चीनले दिने अनुदान सहायताबारे गम्भीर तयारी भइरहेको बताए।

‘हालका दिनमा चीनले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग अनुदान गर्दै आएको छ। अनुदान भएको रकम पनि हामीले विनियोजन गर्न सकेका थिएनौं। त्यसमा सम्बन्धित अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र अन्य निकायहरू पनि यसको विनियोजनको लागि गम्भीर भएर लागेको छ।’

उनले चीन भ्रमणअघि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रमुख नेतासँग छलफल गर्ने बताए।
उनले सबै अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न चाहेको भन्दै सबैसँग समान सम्बन्ध बनाउन चाहेको बताए।

प्रधानमन्त्री दाहाल आगामी अक्टुबर ४ तारिखमा न्यूयोर्क जाने, २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा त्यतैबाट चीन भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर