उद्योगमन्त्री रिजाल र बेलायती राजदूतबीच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ।

बिहीवार मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको उद्योगमन्त्री रिजालको सचिवालयले जनाएको छ।

बेलायतले अतिकम विकसित मुलुकका उत्पादित वस्तुलाई सहुलियतपूर्ण बजार पहुँच प्रदान गर्न लागू गर्दै आएको डेभलपिङ कन्ट्रिज ट्रेडिङ स्किम (डीसीटीएस) कार्यक्रमबाट नेपालको निर्यात प्रवर्द्धनमा सहयोग पुगेको भन्दै डीसीटीएस सुविधालाई थप केही वर्षसम्म निरन्तरता दिन मन्त्री रिजालले बेलायत सरकारसँग अनुरोध गरेका छन्।

भेटमा मन्त्री रिजालले नेपाल र बेलायतबीच रहिआएको पुरानो कूटनीतिक एवं मैत्री सम्बन्धलाई थप विस्तार गर्ने बताएको सचिवालयले जनाएको छ।

भेटका क्रममा राजदूत फेनले दुई देशबीचको सम्बन्ध विस्तार गरी थप मजबुत बनाउने र थप सहयोग र सहकार्यमा आफ्नो जोड रहने बताएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *