अर्थतन्त्रमा सकारात्मक संकेत देखिएका छन् : अर्थमन्त्री महत

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको दाबी गरेका छन्।

संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपालको शेयर मार्केटमा पनि बिस्तारै सुधार देखिने दाबी गरे।

प्रेम सुवाल शेयर लगानीबारे सोधेको प्रश्नको जवाफमा अर्थमन्त्री महतले सकैलाई जुनसुकै क्षेत्रमा लगानी गर्न अधिकार रहेको भन्दै त्यसलाई रोक्न नसकिने तर व्यवस्थित गर्न प्रयास भइरहेको तर्क गरे।

पछिल्लो समय बिस्तारै अर्थतन्त्रमा सुधार हुँदै गएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताए।

‘अहिले समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालेका छन्। टुरिष्ट एराइभलको कारणले होटल–रेष्टुरेन्ट सेवा क्षेत्रमा पनि सकरात्मक प्रभाव पर्न थालेको छ। हाम्रो बजेट खर्च हुन थालेको छ। त्यसले पनि सकरात्मक प्रभाव परेको छ,’ उनले भने ‘हाम्रो अर्थतन्त्र चलायमान हुन्छ। अर्थतन्त्र चलायमान भएपछि शेयर मार्केट पनि चलायमान हुन्छ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *