नेपाल भित्रिँदै गरेकाे साढे २० लाख रूपैयाँसहित भारतीय युवक पक्राउ

जनकपुरधाममा प्रहरीले एक भारतीय युवकबाट २० लाख ५० हजार रूपैयाँ बरामद गरेको छ। जनकपुरधाम-४ स्थित सडकमा चेकजाँच गर्दा भारत विहार राज्यको दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साहको साथबाट २० लाख ५० हजार रूपैयाँ बरामद भएकाे जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

भारतबाट नेपाली रूपैयाँ पैठारी गरी आफ्नो साथमा लुकाईछिपाई ओसारपसार गरेर ल्याइरहेको विशेष सूचनाका आधारमा मातहतका प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सो रकमसहित पक्राउ गरेको हो।

शंका लागेपछि खानतलासी गर्दा उनले बोकेको कालो रङको झोलाभित्रबाट नेपाली एक हजार दरका १ हजार ८ सय ५० थान र पाँच सय दरका ४ सय थान नोट गरी २० लाख ५० हजार रकम फेला परेको प्रहरीले जनाएको छ।

बरामद रकमसहित साहलाई आवश्यक कारबाहीका लागि आजै भन्सार कार्यालय, जनकपुरधाम पठाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर