मलद्वारमा एक किलो सुन लुकाएर दुबईदेखि काठमाडाैं

तीन जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट करिब एक किलो सुन बरामद भएको छ। मलद्वारमा लुकाएर ल्याएको उक्त सुन प्रहरीले सोमबार बरामद गरेको हो।

दुबईबाट सोमबार बिहान ०९:२५ बजे हिमालयन एयरलाइन्सद्वारा नेपाल आएका काभ्रेको खानीखोला गाउँपालिका वडा नं. ३ घर भई हाल सोही जिल्लाको पनौती नगरपालिका-५ बस्ने २८ वर्षीय बाबुलाल दोङबाट सो सुुन बरामद भएको हो। उनीसहित अरू दुई जना पक्राउ परेका छन्।

भन्सार छलेर अवैध सुन लुकाईछिपाई ल्याएको भन्ने विशेष सूचना प्रहरीलाई प्राप्त भएको थियो।

उक्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको विशेष प्रहरी टोलीले सोमबार बिहान ११ बजे उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाहिर सार्वजनिक सडकखण्ड पेटी किनारमा हिँड्दै गरेको अवस्थामा फेला पारेको थियो।

उनलाई पक्राउ गरेर सोधपुछ गर्दा सुन मलद्वारमा लुकाईछिपाई ल्याएको बताएपछि प्रहरी वृत्त गौशालामा लगेर चेकजाँच गरिएको थियो।

त्यसक्रममा कालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो आकारमा सुन मलद्वारमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त सुनको तौल ९६० ग्राम रहेको छ।

साथै थप अनुसन्धानका क्रममा सुन तस्करीमा अन्य दुई जनाको समेत संलग्नता खुलेकाले उनीहरूलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मंगलबार काठमाडौंको ढल्कुस्थित बिगमार्टको पार्किङबाट अन्य दुई जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका-३, घट्टेखोला घर भएका ३३ वर्षीय जगत लामा, सोही जिल्लाको महाभारत गाउँपालिका-३, सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमादोर्जे स्याङ्तान रहेका छन्।

प्रहरीले उनीहरूले प्रयोग गर्ने बागमती प्रदेश ०१ २७ प. च ९९६० नम्बरको क्रेटा गाडी, बागमती प्रदेश ०२ ०३० प.८५१७ नम्बरको बुलेट मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, गौचर पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर