
सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ जारी, परेन उजुरी


सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ भइरहेको छ।
यसअघि गरेको सिफारिसमा कुनै निर्णय नभएपछि परिषदले दोस्रो पटक उनको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले १० दिनको म्याद दिएर उजुरी आह्वान गरे पनि उनीविरूद्ध एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ सुरू गरिएको हो।
ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो। त्यतिबेला संसदीय सुनुवाइ समितिमा पत्र आएपछि रोकिएको थियो।
तत्कालीन समयमा शर्मासहित तीन जनाको नाम सिफारिस भएको थियो। तर, पछिल्लो पटक शर्माको नाम मात्र सिफारिस भएको थियो।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर समितिले उनको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने छ। सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गर्नेछन् भने प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले शपथ खुवाउने छन्।
- नयाँ नापी ऐन ड्राफ्ट भइसक्यो, भूमि ऐन बनाउन समिति बनाएका छौँ : बलराम अधिकारी
- प्रधानमन्त्रीले शिक्षकहरूको मागलाई कुल्चिए, माओवादी अवसरवादी हो : झलनाथ खनाल
- प्रधानमन्त्री बन्नेहरूलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छ : वामदेव गौतम
- देश डुबे पनि दलाल पुँजीपतिहरू फाइदामा छन् : घनश्याम भुसाल
प्रतिक्रिया