दीपक-दीपाश्रीले सञ्चालनमा ल्याए सिनेमा हल (तस्बिरहरू)

कलाकार तथा निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलालगायतले निर्माण गरेको आईएनआई सिनेमा हल आजबाट सञ्चालनमा ल्याइएको छ।

काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार कार्यक्रम आयोजना गरी हल सञ्चालनमा ल्याइएको जानकारी दिइएको हो।

कार्यक्रममा दीपकराज गिरीले निर्माता र प्रदर्शकमा फरक भएको बताए।
उनले भने,‘यो निकै गाह्रो कुरा हो। सिनेमा निर्माण र प्रदर्शनको व्यापार एउटै भए पनि गर्न कठिन छ। निर्माता र प्रदर्शक फरक कुरा हो।’

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एक जना कलाकारले मिहिनेत गर्‍याे भने सिनेमा हलको मालिक पनि हुन सक्ने रहेछ भन्ने सन्देश प्रवाह भएको बताए।

उनले भने, ‘यो सबै चलचित्रकर्मीहरूको लागि एकदम राम्रो सन्देश हो र व्यवसायीहरूका लागि पनि राम्रो सन्देश हो। आउने दिनमा चलचित्र क्षेत्रमा आएको आर्थिक समस्या बिस्तारै सुध्रिएर जानेछ।’

पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपक र दीपाश्री एवं उनीहरूको समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्यााएका हुन्।

दुईवटा स्क्रिन रहने सिनेमा हलमा चार सय सिट छन्। निर्माण लागत करिब १० करोड रूपैयाँ रहेको दीपकले बताए। सिनेमा हलमा दीपकसँगै दीपाश्री, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभात रिमालको कम्पनीको लगानी छ।

 

सबै तस्बिरहरू : नेपाल न्यूज बैंक।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर