नेपाल भित्रिँदै गरेकाे साढे १३ लाख रूपैयाँ बढी रकमसहित एक जना पक्राउ

महोत्तरीको मटिहानी नगरपलिका-८, दसगजाबाट स्रोत नखुलेको १३ लाख ७० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन्।

मटिहानी नगरपालिका-८ बस्ने ४० वर्षीय नवीन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटिहानीबाट संयुक्त रूपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज १० प ३५४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई उक्त रकमसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *