प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्रि-एडभेन्चर प्रतियोगिता ३ कात्तिकमा

नेपाली सेनाले अन्तर्राष्ट्रियस्तरको प्रधानसेनापति अन्तर्राष्ट्रिय ‘ट्रि एडभेन्चर’ प्रतियोगिता ‘कोसा इन्टरनेसनल ट्रि-एडभेन्चर कम्पिटिसन-२०२३’ आयोजना गर्ने भएको छ ।

यस वर्षको छैटौँ संस्करणको प्रतियोगिता आगामी कात्तिक ३ गते सञ्चालन गरिने सेनाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । साहसिक खेलको विकास गर्दै यसको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय तहमा पहिचान गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सैनिक जनसम्पर्क निर्देेशनालयका महासेनानी विजय केसीले बताए ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमहरूको सहभागिता रहने छ । हालसम्म मित्रराष्ट्र भारतबाट दुई पुरुष टिम, संयुक्त राज्य अमेरिकाबाट एक पुरुष टिम र पाकिस्तान तथा चीनबाट पर्यवेक्षकका रूपमा सहभागी हुने सेनाले जनाएको छ । प्रत्येक टिममा चार जना खेलाडी र एक जना कोच/म्यानेजर हुनु पर्ने र उमेर १८ वर्षभन्दा माथि हुनपर्दछ । यस इभेन्टमा रनिङ छ दशमलव सात किमी, साइक्लिङ २६ किमी र र्‍याफ्टिङ ११ किमी गरी जम्मा दूरी ४३ दशमलव सात किमीको रहनेछ ।

नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रका सहसेनानी पवित्रजङ्ग राणाले कार्यक्रमसम्बन्धी सार संक्षेप प्रस्तुत गरेका थिए । धादिङको बैरेनीस्थित श्री नं ६ बाहिनी अड्डाको मूल गेटबाट सुरू भई चरौँदीस्थित रेयल विज क्याम्पमा अन्त्य हुनेछ ।

प्रतियोगितामा विजयी हुने प्रथम पुरूषतर्फ एक लाख ५० हजार, द्वितीयलाई एक लाख र तृतीयलाई ७५ हजार, चौथोलाई २५ हजार र पाँचौँलाई १५ हजार रूपैयाँ प्रदान गरिनेछ । त्यसैगरी महिलातर्फ प्रथमलाई ७५ हजार, द्वितीयलाई ५० हजार र तृतीयलाई ३० हजार रूपैयाँ पुरस्कार दिइनेछ ।

प्रतियोगिताको रजिष्ट्रेसन फारम भदौ १९ गतेदेखि असार १५ गतेसम्म रहेको छ । नेपाली सेनाले विसं २०७१ देखि धादिङको बैरेनीमा राष्ट्रियस्तरमा यो प्रतियोगित सञ्चालन गर्दै आएको छ । सन् २०१८ देखि अन्तर्राष्ट्रिय टिमहरू सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर