बंगलादेशको डीएससीएससीका शिक्षार्थी साताव्यापी नेपाल भ्रमणमा

बंगलादेशको रक्षा सेवा कमाण्ड तथा स्टाफ कलेज (डीएससीएससी) का शिक्षार्थीहरू साताव्यापी नेपाल भ्रमणमा आएका छन्।

बंगलादेशको मिरपुरस्थित रक्षा सेवा कमाण्ड तथा स्टाफ कलेज (डीएससीएससी) मा सञ्चालित ‘रक्षा सेवा कमाण्ड तथा स्टाफ कोर्स (डीएससीएससी)-२०२३’ मा सहभागी शिक्षार्थीहरू शनिबार नेपाल आएका हुन्।

कलेजका वरिष्ठ प्रशिक्षक कर्णेल मोहम्मद जाहिद हुसेन, पीएससीको नेतृत्वमा शिक्षार्थीहरूको ३२ सदस्यीय टोली नेपालको ७ दिने अध्ययन भ्रमणमा आएको नेपाली सेनाले जनाएको छ।

टोलीले आइतबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेको छ।

टोलीले काठमाडौं उपत्यका एवं पोखराको पनि भ्रमण गर्नेछ।

विभिन्न मित्रराष्ट्रहरूमा सञ्चालित यस किसिमको तालिममा सहभागी शिक्षार्थीहरूले विभिन्न मुलुकहरूको भ्रमण गर्ने प्रचलन रहिआएको छ।

यस किसिमको अध्ययन भ्रमणबाट सामूहिक चासोका विषयमा ज्ञान र अनुभवको आदानप्रदान एवं सम्बद्ध मुलुकहरूसँगको सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर