वर्ल्ड मिट इन्टरनेशनल अवार्डमा भाग लिन नेपाली टोली थाइल्याण्ड प्रस्थान

सेप्टेम्बर २० र २१ तारिखमा हुने ‘थर्ड वर्ल्ड मिट इन्टरनेशनल अवार्ड-२०२३’ मा भाग लिन नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको छ । सोमबार संवाद डबलीमा नेपाल सिन्दो काइकन कराते एसोसियसनले बिदाइअघि पत्रकार सम्मेलन गरी विश्व च्याम्पियनसिप तथा सम्मान कार्यक्रममा भाग लिने जनाएको छ ।

वर्ल्ड मार्शल आर्टिस्ट काउन्सिलले आयोजना गर्न लागेको सो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रममा नेपाल सिन्दो काइकन कराते एसोसियसनले भाग लिने महासचिव जगत धामीले बताए ।

धामीले आफूहरूले प्रतिस्र्धामा भाग लिनुका साथै नेपाली कला–संस्कृति र पहिचान झल्किने झाँकी तथा नेपालको राष्ट्रिय झण्डा फहराउने जानकारी दिए । थाइल्याण्डको सो कार्यक्रम सम्पन्न गरिसकेपछि मलेसियामा २४ तारिखमा हुन लागेको इन्टरनेशनल गोल्डेन अवार्ड कार्यक्रममा पनि सहभागी हुन लागेको महासचिव धामीले बताए ।

मलेसियामा हुने अवार्ड कार्यक्रममा युकेको द मिक्स मार्शल आर्ट काउन्सिलले नेपाल सिन्दो काइकन एसोसियसनलाई अवार्ड प्रदान गर्ने पनि आयोजकले जानकारी दिएको छ ।

सो एसोसिएसनका अध्यक्ष सविन खड्काले खेल जगत देशको अभिन्न अंग भएकाले राज्यले त्यसलाई प्रोत्सहान दिनुपर्ने धारणा राखे । अध्यक्ष खड्काले खेलडीहरूले नेपालको राष्ट्रियता र पहिचानका लागि चाउचाउ मात्रै खाएर लडिरहँदा पनि सरकारले वास्ता नगरेको गुनासो गरे । खड्काले आफूहरूको सहभागिता देशका निम्ति भए पनि व्यक्तिगत लगानीमा बाहिर जानुपर्दा निकै दुःख लागेको बताए ।

पत्रकार सम्मेलनमा उपाध्यक्षद्वय वीरबहादुर कडायत र यमुनाप्रसाद काफ्लेले आफूहरूले पूर्ण हौसलाका साथ प्रतिस्पर्धामा सहभागी हुने र अर्को वर्ष ‘फोर्थ वर्ल्ड मिट इन्टरनेशनल अवार्ड-२०२४’ नेपालमा आयोजना गर्न पहल गर्ने धारणा राखे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर