उपरथी बाबुराम श्रेष्ठले लेखे ‘वीर नेपाली सेना’

नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा लिखित ‘वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक भएको छ ।

मंगलबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा एक कार्यक्रममा बीच म्यूजिक भिडियोसहितको गीत प्रधान सेनापति प्रभुराम शर्माले सार्वजनिक गरेका हुन् ।

गीत सार्वजनिक समारोहमा गीतकार उपरथी श्रेष्ठले नेपाली सेनाको काम र वीरतालाई लिएर सबै नेपालीको बुझाईमा एकरुपता नपाएको भन्दै त्यसलाई आफ्नो गीतमार्फत एकरुपता देखाउने सन्देश दिन खोजेको बताए ।

लेखक श्रेष्ठले भने, ‘नेपाली सेनाका कर्तव्यपरायण, कर्मठ सैनिकहरु तथा हाम्रा वीर पूर्खाहरुको योगदान र बलिदानको बारेमा सबै नेपाली नागरिकहरुको बुझाइमा एकरुपता पाइँदैन । म एक सैनिक भएको नाताले मलाई यो विषयले झक्झकाइरह्यो ।’

आफू व्यवसायीक लेखक नभएको उल्लेख गर्दै उनले थपे,‘मलाई नेपाली सेनाले निभाउदै आएका संविधान प्रदत्त बहुपक्षीय जिम्मेवारीहरु र योगदानलाई शब्दमा लिपिबद्ध गरी अभिव्यक्त गर्ने प्रेरणा मिल्यो ।’

उपरथी श्रेष्ठद्वारा लिखित उक्त गीतमा युवा गायक सुभात तिम्सिना र गायिका श्रीमती गिता पाण्डेले स्वर भरेका छन् ।

संगितकार राजेन्द्र बजगाँईको लयमा नेपाली सेनाका सैनिक ब्याण्ड प्रमुख, प्रमुख सेनानी दिनेश सोनामले संगीत संयोजन गरेका छन् ।

गीतमा कोरस, समूह गायनमा प्रमिला बानियाँ, संगिता घर्तीमगर, लक्ष्मी प्रभा थापा, शुधा शेर्पा, आकृति दुलाल, संझना जिमी र शुष्मा लामिछाने तथा गायीकातर्फ राजकुमार आलेमगर, राजिव परियार,हेमन्त रामझालि मगर,नारायण थापा,रमेश पाठक र रविन्द्र लामिछानेले स्वर दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *