इन्जिनियर हुँ भन्दै ढाँटेर विवाह, दाइजोको निहुँमा श्रीमतीको हत्या

सुनसरीमा एक पुरूषले दाइजोको निहुँमा श्रीमतीको हत्या गरेका छन्। हत्या आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुुसार श्रीमतीको हत्या गरेको आरोपमा इनरूवा नगरपालिका-३ का ३२ वर्षीय नगेन्द्र भगतलाई पक्राउ गरिएको हो।

नगेन्द्रले २१ महिना पहिला विराटनगर-१७, मटेरूवाकी २३ वर्षीया निकिता चौधरी (सुष्मा) सँग विवाह गरेका थिए। विवाहमा माइतीपक्षले ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजो दिएका थिए।

नगेन्द्रले पछिल्लो पटक स्कर्पियो गाडी किन्न भन्दै थप १० लाख रूपैयाँ दाइजो माग्दै आएका थिए।

निकिताले थप दाइजो नल्याएको निहुँमा गत शनिबार राति उनकाे हत्या गरेको उल्लेख गर्दै मृतकका माइतीपक्षले जाहेरी दिएका थिए।

सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार जाहेरीका आधारमा नगेन्द्रलाई पक्राउ गरेर घटनाकाे अनुसन्धान भइरहेकाे छ।

शनिबार राति टाउको र अनुहारबाट रगत बग्दै गरेको अवस्थामा नगेन्द्रका आफन्तले निकितालाई इनरूवा अस्पताल लगेका थिए। अस्पतालले उपचार सम्भव नभएको भन्दै विराटनगर रिफर गरेको थियो।

त्यसपछि उनीहरूले विराटनगरको विराट शिक्षण अस्पताल लगेका थिए। शिक्षण अस्पताल लगेको केही समयपछि चिकित्सकले निकितालाई मृत घोषणा गरेका थिए।

नगेन्द्रका आफन्त कसैले निकिताले झुन्डिएर आत्महत्या गरेको र कसैले बाथरूममा लडेर उनको मृत्युु भएको बताएका थिए।

प्रहरीका अनुसार अहिले मृतकको शव पोष्टमर्टमका लागि कोशी अस्पताल लगिएको छ।

निकिताका बुबा विष्णुका अनुसार विवाह भएको केही महिनापछिदेखि नै नगेन्द्रले निकितालई थप दाइजोका नाममा मानसिक र शारीरिक यातना दिँदै आएका थिए।

नगेन्द्रले निकितासँग विवाह गर्न इनरूवा नगरपालिकाको विद्युत शाखाको इन्जिनियर भएको र आफ्नो जागिर स्थायी भएको बताएका थिए।

तर, विवाहपछि उनी इन्जिनियर नभई विद्युतको पोलमेन भएको र उनको जागिर स्थायी नभई करार सेवा भएको र नगरपालिकाले करार नवीकरण नगर्दा जागिर गएको भन्ने पोल खुलेपछि निकितासँग झगडा सुरू भएको निकिताका माइतीपक्षको भनाइ छ।

नगेन्द्र र निकिताका ११ महिनाका एक छोरा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर