जापान पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजागरीका लागि जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका-१ स्थायी घर भई काठमाडौंको घट्टेकुलो बस्ने ४५ वर्षीय राजकुमार गुरूङ र सुनसरीको इटहरी उपमहानगरपालिका-१९ स्थायी घर भई घट्टेकुलो नै बस्ने २८ वर्षीय उदय गुरूङ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार उनीहरूले जापान पठाउने प्रलोभनमा पारी पीडितबाट २ लाख ७० हजार रूपैयाँ ठगी गरेको आरोप छ।

रकम लिएपछिसम्पर्कविहीन उनीहरूलाई प्रहरीले मंगलबार घट्टेकुलोबाटै पक्राउ गरेको हो।

उनीहरूले पीडिलाई जापानमा कुकको कामका लागि १५ लाख रूपैयाँ लाग्ने र त्यहाँ मासिक एक लाख रूपैयाँभन्दा धेरै तलब हुने विश्वास दिलाई प्रलोभनमा पारेका थिए।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर