संसद अवरोधले संसदीय पद्धतिलाई कमजोर पार्छ : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेका प्रमख सचेतक रमेश लेखकले बारम्बार सदन अवरोध गर्दा संसदीय पद्धति नै कमजोर हुने बताएका छन्। शुक्रबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले निरन्तर बैठक अवरोध गर्ने शैलीप्रति असन्तुष्टि व्यक्त गरे।

केन्द्रीय समितिलाई संसदको गतिविधि जानकारी गराउने क्रममा उनले भने, ‘निरन्तर सदन अवरोध हुने स्थिति बनिरहेको छ। प्रमख प्रतिपक्ष ज्यादा आक्रोशित भइरहेका छन्। त्यो स्थिति यथावत् छ। निरन्तरको बैठक अवरोधले संसदीय पद्धतिलाई कमजोर गर्छ।’

प्रमुख सचेतक लेखकले ११ पटक सूचना जारी गरेर बैठक स्थगित भएको र ६ देखि ७ पटकसम्म बैठक निरन्तर अवरोध हुँदै आएको बताए।

पछिल्लो समय पशुपतिको जलहरिको सुनको ठाउँमा पित्तल मिसाएको छ भनेर एक जना माओवादीका नेताले बोलेको अभिव्यक्तिपछि सदन निरन्तर अवरूद्ध भएको उनले स्मरण गराए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर