मेरो कार्यकालमा भएका कामको जस अरूले लिए : ओली

‘राति टिकटक हेर्दै थिएँ, हामीले रोपेका बिरूवा सरर देखाएर बालेनको प्रचार गरिएको रहेछ’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अहिलेसम्म कुनै पनि महत्त्वपूर्ण काम गर्न नसकेको टिप्पणी गरेका छन्।

आज पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, सच्चा सेवक सदर भएर काम गर्ने प्रवृत्तिले राष्ट्रिय हित हुन नसक्ने भन्दै यो सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाएका हुन्।

उनले भने ‘राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, सच्चा सेवक सदर भएर काम गर्ने प्रवृत्तिले राष्ट्रिय हित हुन सक्दैन। सरकार बनेको ९ महिनामा एउटा काम के भयो त, ७४ मा यति समयमा ५० औं नयाँ ऐन बनिसकेका थिए।’

त्यस्तै उनले आफ्नो कार्यकालमा भएका कामको जससमेत अरूले लिएको टिप्पणी गरे। उनले काठमाडौंमा आफूले गरेका कामको जससमेत अहिलेका मेयर बालेन शाहले लिएको आरोप उनले लगाए।

‘राति म टिकटक हेर्दै थिएँ, हामीले रोपेका बिरूवाहरू सरर देखाएर एउटा मेयर मात्रै राम्रो मान्छे पर्‍याे भने यस्तो हुँदो रहेछ नि त भनेर ठूलाठूला भएका बिरूवाहरू देखाएर, बिजुलीबजारमा बनाएको ब्रिज देखाएर, एउटा मात्रै काम गर्ने मान्छे आयो भने यस्तो हुँदो रहेछ भनेर हामीले रोपेका बिरूवाहरू देखाएर, हामीले बनाएको बाटो देखा’को छ। प्रचार यसरी हुँदो रहेछ,’ उनले भने।

अर्को प्रसंगमा उनले दिगो विकासका लागि जनशक्ति पलायनलाई रोक्न जरूरी रहेको बताए। उनले भने, ‘नेपालमा अहिले बच्चाहरूलाई पढाउने, हुर्काउने अनि काम गर्न सक्ने भएपछि बाहिर पठाउने यो कामलाई रोक्नुपर्छ अनि मात्र दिगो विकासको सम्भावना छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर