गठबन्धन जोगाउनु मात्र उपलब्धि हैन, सरकारलाई निर्देशित गर्न सक्नुपर्‍याे : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन जोगाउनु मात्र उपलब्धि नभएको बताएका छन्। आइतबार केन्द्रीय कार्यसमितिको तेस्रो दिनको बैठकमा उनले सरकारलाई निर्देशित गर्न सक्नुपर्ने बताए।

उनले भने, ‘सभापतिज्यूको नेतृत्वमा प्रधानमन्त्रीकोमा गएर यो काम गर भनेर भन्न सक्नुपर्छ। सरकारलाई निर्देशित गर्न सक्नुपर्छ। गठबन्धन जोगाउनु मात्र उपलब्धि हैन।’

नेता पौडेलले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन्। उनले देशको आर्थिक अवस्था दयनीय रहेको बताए।

नेपा पौडेलले भने, ‘एक बोरा चामलको मूल्य तीन सयसम्म बढेको छ। बैठकले निर्णय गरेर मात्रै भएन, सरकारलाई यो काम गर सभापतिले भन्न सक्नुपर्‍याे।’

देशको आर्थिक संकटले सबै पलायन हुने अवस्था आएको भन्दै उनले सरकारमा बसेर पार्टीलाई लोकप्रिय बनाउनुपर्नेमा जोड दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर