माल्टा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका-४ घर भई हाल ललितपुरको ललितपुर महानगरपालिका-१६, भैंसेपाटी बस्ने ३५ वर्षीय रमेश बडू छन्।

उनले कुम्भराज जोशीसहित ५ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ७ लाख ५० हजार रूपैयाँ गठी गरेको आरोप छ।

रकम लिएपछि सम्पर्कविहीन भएका उनलाई प्रहरीले कीर्तिपुरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर