मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

मोरङको सुन्दरहरैंचा नगपालिका वडा नं. १ घर भई हाल काठमाडौंको बाँसबारी बस्ने ३८ वर्षीय हरिबहादुर मगर पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनले सृजना राईलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु, आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारेर रकम लिई सम्पर्कविहीन भएका थिए।

मगरलाई बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *