अभियन्ता ईःको माग सम्बोधन गर्न सक्ने अवस्था छैन : मेयर बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ९ दिनदेखि राष्ट्रियसभा गृह अगाडि उभिएका अभियन्ता ईःको माग सम्बोधन गर्न सक्ने अवस्था नभएको बताएका छन् ।

मेयर शाहले बुधबार समाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । फुटपाथ, बाटो तथा राइट अफ वे मा व्यापार गर्नु गैरकानूनी भएको भन्दै उनले भनेका छन्, ‘यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरूले भावुक हुन सकिएला तर कानूनले हेर्ने गैरकानूनी भन्दा अलग होइन ।’

बिहान र बेलुकी २-२ घण्टा समय छुट्याउने विकल्पमा पनि सहमत हुन नसक्ने उनले बताएका छन् । उनले भनेका छन्, ‘यस्तो आपतकालीन अवस्थामा फुटपाथका पसल र ठेलाहरूले अवरोध गर्छन् ।’

फुटपाथबाहेक अन्य सार्वजनिक स्थान दिन कानुनले नै नमिल्ने उनको भनाइ छ । उनले भने, ‘खाली ठाउँजस्तो देखिने सार्वजनिक जग्गा व्यापार गर्न मेयरले मात्र होइन, प्रधानमन्त्री तथा मन्त्रिपरिषदले पनि अहिलेका ऐन कानून टेकेर दिन मिल्दैन ।’

सरकारको सरकारी जग्गा दिने वा नदिने अधिकार महानगरसँग नभएको भन्दै उनले भनेका छन्, ‘तपाईंको माग पूरा गर्ने अधिकार हामीसँग नभएको बुझ्नुभयो नै होला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर