एमसीसीकी सीईओ नेपाल आउँदै, यस्तो छ भ्रमण कार्यक्रम

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइट नेपाल आउने भएकी छन्।

आइतबार नेपाल आउन लागेकी अल्ब्राइट पाँच दिन काठमाडौंमा रहने कार्यक्रम रहेको बताइएको छ।

नेपालमा एमसीसी परियोजना सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट कार्यान्वयनमा गएको छ।

एमसीसीकी सीईओ अबल्राइट परियोजना कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेकी काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ।

भ्रमणका क्रममा सीईओ अल्ब्राइटले नेपाल सरकारका उच्चस्तरीय नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

उनले पाँचदिने नेपाल बसाइका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेतलगायत अन्य सरकारी उच्च अधिकारी र शीर्ष राजनीतिक नेतासँग भेतवार्ता गर्ने बताइएको छ।

एमसीसी परियोजना गत भदौ १३ बाट कार्यान्वयनमा गए पनि ठेक्का प्रक्रिया र जग्गा अधिग्रहणलगायत विषयमा समस्या देखिएको छ र उक्त समस्या समाधान नभएका कारण यसको कार्यान्वयन प्रक्रिया अन्योलमा परेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर