नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न

नेपाली र अमेरिकी सेनाबीच चालिसौं संस्करणको संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ। गत भदौ २४ गते सुरू भएको संयुक्त सैन्य अभ्यास शुक्रबार सम्पन्न भएको हो।

नेपाली सेना र संयुक्त राज्य अमेरिकका सेनाका ४२ जनाको सहभागिता रहेको उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान भएको थियो।

शुक्रबार आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले सहभागीहरूलाई अभ्यासका दौरान सिकेका सीपहरूलाई आफ्नो पेसागत क्षमता विकासमा सदुपयोग गर्न सुझाव दिए।

उनले तालिमलगायतका क्षेत्रहरूमा पुर्‍याउँदै आएको सहयोग र सहकार्यका लागि संयुक्त राज्य अमेरिकाको सेनालाई धन्यवाद ज्ञापन गरे।

त्यस अवसरमा नेपालका लागि अमेरिकी राजदूत डिन रिचर्ड थम्प्सनले सफलतापूर्वक अभ्यास सम्पन्न गर्ने दुवै देशका सहभागीहरूलाई बधाई ज्ञापन गरे।

संयुक्त अभ्यास समापन समारोहमा नेपाली सेनाका रथी, अधिकृतहरूका साथै अमेरिकी दूतावासका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर