सुरक्षासम्बन्धी कुरा सरकारको मात्र विषय होइन : आईजीपी कुँवर

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सुरक्षाको कुरा सरकारको मात्र विषय नभएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० मा उनले उपत्यकामा चुनौतीको रूपमा रहेको ट्राफिक व्यवस्थापन नेपाल प्रहरी र सरोकारवाला पक्षहरूबीच सहकार्य गर्दै अगाडि बढेको बताए ।

‘सुरक्षा केवल सरकारको मात्र विषय होइन । हामी सबैको साझा सहकार्यको प्रतिफल पनि हो । त्यसैले नेपाल प्रहरीले हरेक पक्षमा आपसी समवन्य र सहकार्यमा अगाडि बढिरहेको छ । उपत्यकामा चुनौतीको रूपमा रहेको ट्राफिक व्यवस्थापन नेपाल प्रहरी र सरोकारवाला पक्षहरूबीच सहकार्य भएको छ ।’

आउने दिनहरूमा ट्राफिक व्यवस्थापन र क्षति न्यूनीकरणमा ध्यान दिँदै सुरक्षालाई चुस्त दुरूस्त तरिकाले सुधार गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।

उनले जनतालाई सेवा दिने र ट्राफिक व्यवस्थापनका लागि सरकार र अन्य सम्बन्धित निकायहरूको धेरैभन्दा धेरै सहकार्य आवश्यक भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर