एमसीसी परियोजना कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी परियोजनाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने समेत बताए ।

परियोजनामार्फत सडक र ऊर्जासम्बन्धी पूर्वाधार बन्ने र विद्युतमा समेत सघाउ पुग्ने उनको भनाइ छ ।

नेपाल सन् २०२६ देखि विकाससिल मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको र सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नतिको चरणमा रहेको भन्दै उनले यस अवधिमा अमेरिकाबाट थप सहयोगको अपेक्षा गरेको बताए ।

उक्त कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले एससीसी परियाजना नेपालका लागि महत्त्वपूर्ण रहेको बताए ।

यसमा एमसीसीको बाहेक नेपालले १९ करोड ७० लाख अमेरिकी डलर आफ्नो स्रोतबाट लगानी गर्ने भएकाले समेत यो नेपालका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *