पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि पाँच देशका राजदूतले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्।

राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि स्विटजरल्याण्ड र युरोपेली सङ्घका आवासीय तथा स्विडेन अधिराज्य, हङ्गेरी र चेक गणतन्त्रका गैरआवासीय राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

नेपालका लागि स्विटरल्याण्ड र युरोपेली सङ्घका आवासीय राजदूतद्वय क्रमशः डानिली मिउली मोन्टिलोनी र लरेञ्जो भरोनिक, स्विडेन अधिराज्यका गैरआवासीय राजदूत जन थेसलेफ, हङ्गेरीका इस्टभान साबो र चेक गणतन्त्रका एलिस्का जिगोभाले राष्ट्रपतिसमक्ष ओहदापत्र प्रस्तुत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर