एभरेष्ट बैंकको वित्तीय अगुवाइमा कजरिया टायल्सले नेपालमै टायल्स तथा सेरामिक्स उत्पादन गर्ने

एभरेष्ट बैंकको अगुवाइमा कजरिया रमेश टायल्समा लगानी गर्ने सम्बन्धमा सह-वित्तीयकरणअन्तर्गत सहभागी बैंकहरूबीच वित्तीय सहजीकरण गर्ने कार्य सम्पन्न भएको छ। अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश कर्पका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताले एक विशेष समारोहकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सो कार्यक्रममा सह-वित्तीयकरणका अन्य सदस्य बैंकहरू नबिल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैंकका उच्चपदस्थ अधिकारीहरूसमेतको उपस्थिति रहेको थियो।

नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत ४०० करोडमध्ये सह-वित्तीयकरणअन्तर्गत ३०० करोड लगानी रहनेछ। विश्वको ७ औं ठूलो टायल्स उत्पादन कम्पनी कजरिया सेरामिक्स भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरू प्रयोग गरी गुणस्तिरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरू अन्तराष्ट्रिय मापदण्ड बमोजिम गुणस्तिरीय हुने जनाएको छ। मार्च २०२४ बाट सुरू हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिककार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर