सरकारले शिक्षा विधेयक एउटा ल्याएर सम्झाैता अर्को गर्‍याे : गोकुल बाँस्कोटा

सांसद गोकुल बाँस्कोटाले सरकारले शिक्षा विधेयक एउटा ल्याएर सम्झैता अर्को गरेको बताएका छन्।

शुक्रबार बसेको विद्यालय शिक्षा विधेयक,२०८० माथिको समान्य छलफलमा उनले शैक्षिक क्षेत्रमा गरिएको अन्धाधुन्द निजीकरणको परिणाम देशले व्यहोर्नुपरेको बताए।

उनले भने, ‘शैक्षिक क्षेत्रमा गरिएको अन्धाधुन्द निजीकरणको परिणाम आजको शैक्षिक बेथिति, अतिराजनीतिकरण, गुणस्तरमा कमी, ‘ब्रेन डेथ’ को अवस्था सबै भविष्यका कर्णधारले यो देश मेरो हो र म यहाँ बाँच्न सक्छु भन्ने आधार सिर्जना भएन।’

सार्वजनिक विद्यालयमा पढाउने शिक्षकहरूले आफ्नै बच्चाहरूको विश्वास जित्न नसकेको अवस्था आएको उनको भनाइ छ। जापान बनाउँछु, स्विटजरल्यान्ड बनाउँछु भनेर मात्र केही नहुने र सबै कुराको गुणस्तर सुधार गर्नुपर्नेमा बाँस्कोटाको जोड थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर