बालसुधार गृहमा बालबालिकाहरू कोचिएर बस्नु परेकाे छ, हिँड्न पनि गाह्रो छ : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सुधार गृह व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री आचार्यले बालसुधार गृहको क्षमता कम र संख्या बढी भएका कारण हिँड्नसम्म समस्या भएको भन्दै सुधार गृह बढाउन आवश्यक रहेको बताएका हुन्।

उनले भने, ‘बालसुधार गृहमा गएर हेर्दा, कोचिएर बसेका बालबालिकाहरू हेर्दा मलाई लाग्छ, खुट्टाले हिँड्न पनि गाह्रो हुन्छ जस्तो छ, साँघुरो ठाउँमा वर्षौं बस्नुपर्दा। त्यसले गर्दा सुधार गृहहरू अत्यन्तै क्षमता कम छ। संख्या बढी छ। त्यसैले त्यहाँ समस्या आएको छ। उमेरको पनि त्यहाँ तालमेल भएको छैन। व्यवस्थित गरी सुधार्न आवश्यक छ।’

मन्त्री आचार्यले गोठाटारमा वृद्धका लागि हस्पिटल र वृद्धाश्रम बनाउने भनिए पनि अहिलेसम्म त्यहाँको जग्गा नै टुंगो नलागेको बताए।

उनले भने, ‘गोठाटारमा वृद्धको लागि हस्पिटल र वृद्धाश्रम बनाउने भन्ने कुरा अनुगमन भइसकेको छ। को मन्त्री हुनुहुन्थ्यो, थाहा छैन। तर जग्गा टुंगो लगाएर काम सुरू गर्नुपर्ने थियो तर जग्गा टुंगो नलागी बजेट पनि छुट्याइयो र काम पनि भएन। अब विकल्प त्यहाँको स्थानीय तहसँग कुरा गरेर यो कुरा अगाडि बढाएको छौं।’

उनले बाँकेको नौबस्तामा दुई सय क्षमताको सुधार गृहको रूपमा कारागारकै भवनलाई व्यवस्था गरिएको पनि जानकारी दिए।

देशमा आधुनिक र व्यवस्थित वृद्धाश्रम आवश्यक रहेको भन्दै सातै प्रदेशमा एउटा वृद्धाश्रम अपरिहार्य रहेको उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर