५ वर्षपछि यो देशमा डाक्टर र नर्स दिउँसै राँको बालेर खोज्नुपर्ने अवस्था आउँछ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ५ वर्षपछि नेपालमा डाक्टर र नर्स दिउँसै राँको बालेर खोज्नुपर्ने अवस्था आउने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित विश्व मानसिक स्वास्थ्य दिवस विशेष कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐन संशोधन नगरेर देशमा डाक्टर-नर्सहरूको उत्पादन कमजोर भएको बताए।

उनले भने, ‘शिक्षा क्षेत्रमा सुधार गर्नपर्ने तर कोही पनि नबोलेको कुरा चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्छ भन्ने हो। त्यसले गर्दा अहिले देशमा डाक्टर नर्सहरुको उत्पादन कमजोर भयो। अबको ५ वर्षपछि यो देशमा डाक्टर र नर्स दिउँसै राँको बालेर खोज्नुपर्ने दिन आउँछ।’

हामीले गरेको पहलले चिकित्सा शिक्षा ऐन संशोधन गर्ने कुरामा सरकार अगाडि बढिरहेको उनको भनाइ छ।

उनले नेपाललाई मेडिकल हब बनाउनुपर्ने र त्यसका लागि अगाडि बढ्नुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर