इन्द्र आङ्बोले हस्ताक्षर दुरूपयोग गरेको भन्दै केदार कार्कीसहित कांग्रेसका ८ सांसदको प्रदेश प्रमुखलाई निवेदन

कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोले आफूहरूको हस्ताक्षर दुरूपयोग गरेको भन्दै नेपाली कांग्रेसका ८ जना सांसदले प्रदेश प्रमुखलाई निवेदन दिएका छन्।

आङ्बोले सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी गर्दा आफूहरूको हस्ताक्षर दुरूपयोग गरेको उल्लेख गर्दै ८ सांसदले प्रदेश प्रमुख परशुराम खापुङलाई निवेदन दिएका हुन्।

निवेदन दिनेमा नेकपा (एमाले) का सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस केदार कार्कीसहित शमशेर राई, रामकुमार खत्री, इन्दिरा थापा, लीलाकुमारी राई, गोविन्द गिरी, मानबहादुर लिम्बू र सुनिताकुमारी गुरूङ छन्।

यी ८ जना सांसदहरूले कोशीको मुख्यमन्त्री आङ्बोलाई बनाउने पार्टी केन्द्रको निर्णयलाई चुनौती दिएका छन।

कार्कीलाई नेकपा (एमाले) का ३९ जना सांसदले समर्थन गरेका छन्।

एमालेका ३९ र कांग्रेसका ८ सांसद गरी ४७ जनाको हस्ताक्षर कार्कीले प्रदेश प्रमुख खापुङलाई बुझाएका थिए।

सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी गरेका आङ्बोले पनि आफ्नो दाबीमा कांग्रेसका ती ८ जना सांसदको हस्ताक्षर समावेश गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर