कांग्रेस एकजुट भए कसैले परास्त गर्न सक्दैन : शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस आफैंमा एकजुट भए अन्य जुनसुकै दलहरू मिले पनि परास्त गर्न नसक्ने धारणा राखेका छन्।

शुक्रबार ‘राजनीतिक उपलब्धि र आजको चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै उनले कांग्रेस एकजुट हुनुपर्ने धारणा राखे।

कांग्रेसमा धेरै चुनौती भएको र तीमध्ये कांग्रेसभित्रको गुट विभाजन एक रहेकोतर्फ संकेत गन्दै उनले भने, ‘हामी एकजुट भयौं भने जतिसुकै अरू दलहरू मिलून् हामीलाई परास्त गर्न सक्दैनन्। यो म ठोकेर तपाईंहरूलाई भन्न चाहन्छु।’

उनले कांग्रेस एकजुट हुनैपर्ने र एकताबद्ध भएर पार्टी र देशको चुनौतीको सामना गर्दै राम्रो कार्य गर्ने प्रयास गर्नुपर्नेमा जोड दिए ।

उनले आफूले राम्रोबाहेक नराम्रो काम गर्दै नगर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर