कोशीमा तीन सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । एमालेसँग छलफलपछि आजै दुई जना मन्त्री पनि नियुक्त हुने भएका छन् ।

मुख्यमन्त्री कार्कीले उनले शपथ लिएपछि आजै एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

उनले नियुक्त गरेपछि मन्त्रीहरूले पनि आजै शपथ लिने कार्यक्रम छ ।

नेपाली कांग्रेस शेखर कोइराला पक्षका ८ जना सांसद र एमालेका ३९ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर