लाखौं प्रवासीहरू मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जीजस्तो भयो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशमा भएका लाखौं नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै प्रभावकारी हुन नसकेको बताएका छन् ।

सोमबार जनप्रगतिशील मञ्च आबद्ध गैरआवासीय नेपाली संघ एनआरएनएका प्रतिनिधिसँगको छलफलमा उनले विदेशमा भएका लाखौं नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी भएको बताएका हुन् ।

उनले भने, ‘अहिले धेरै नेपाली विदेशमा छन् । उनीहरूको मतदानको अधिकार दिएपछि मात्रै फेयर इलेक्सन हुने भयो नेपालमा । विदेशमा भएका लाखौं नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी हुने जस्तो भयो । उहाँबाट फोन गरेको भरमा मत राख्नुपर्ने र त्यहाँ चाहिँ सोसल मिडियाजस्तो विभिन्न माध्यमबाट प्रभावित हुने खतरा जो देखा पर्‍याे ।’

प्रधानमन्त्री प्रचण्डले देशको आवश्यकता, राजनीतिक चेतना, मूल्यमान्यताभन्दा पनि भनसुनको आधारमा चल्ने भएको टिप्पणी गरे । वैज्ञानिक ढंगले मतदानको अधिकार पनि दिनुपर्छ भन्ने नीतिअन्तर्गत प्रवासीहरूलाई पनि मतदानको गराएर ल्याउनुपर्छ भनेर निर्देशन दिएको बताए ।

उनले भने, ‘देशको आवश्यकता, राजनीतिक चेतना, मूल्यमान्यताभन्दा पनि भनसुनको आधारमा चल्ने हुने भयो । त्यसलाई वस्तुगत र वैज्ञानिक ढंगले मतदानको अधिकार पनि दिनुपर्छ भन्ने नीति अन्तर्गत प्रवासीहरूलाई पनि मतदान गराएर ल्याउनुपर्छ भनेर निर्देशन नै दिएको छु ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर