गैरआवासीय नेपाली संघको नेतृत्वका लागि मतदान जारी

काठमाडाैं- गैरआवासीय नेपाली संघको निर्वाचन बुधबार राति १२ बजेदेखि जारी रहेकाे छ। काठमाडौंमा जारी ११ महाधिवेशनमा नेतृत्व चयन गर्न संघले यसपटकदेखि अनलाइनमार्फत मतदान दिन सकिने व्यवस्था गरेको छ । संघको निर्वाचन आयुक्त चिरञ्जीवी ढकालका अनुसार बुधबार राति १२ बजेदेखि बिहीबार मध्याह्न १२ बजेसम्म विदेशमा रहेका मतदाताले अनलाईमार्फत मतदान गर्न सक्नेछन्।

काठमाडौंमा नै उपस्थित भएका मतदाताहरूले भने बिहीबार बिहान ११ बजेदेखि मतदान गर्ने कार्यक्रम छ । काठमाडौंमा भौतिक रूपमा नै उपस्थित भएका मतदाताले कार्यक्रमस्थल सोल्टीमोडस्थित सोल्टी होटेलमा गएर मतदान गर्न सक्नेछन् । तर, भौतिक रूपमा उपस्थित भएका मतदाताले पनि अनलाइन नै मतदान गर्नेछन् । भौतिक रूपमा उपस्थित हुनेले साँझ ६ बजेसम्म मतदान गर्न सक्नेछन् । मतदान सम्पन्न भएको एक घन्टाभित्रमा परिणाम सार्वजनिक गरिने आयुक्त ढकालले बताए ।

संघको यसपटकको निर्वाचनका लागि विभिन्न मुलुकबाट चार हजार दुई सय प्रतिनिधि छानिएका छन् । जसमध्ये २० प्रतिशत मात्रै काठमाडौंमा उपस्थित भएको संघको अनुमान छ । संघले उम्मेदवार र उम्मेदवारको प्रस्तावक र समर्थक अनिवार्य रूपमा काठमाडौंमा नै उपस्थित हुनुपर्ने व्यवस्था गरेको थियो । यसअघि भने भौतिक रूपमा नै उपस्थित भएर मतदान गर्नुपर्ने व्यवस्था थियो । तर, भौतिक रूपमा उपस्थित हुँदा निर्वाचन आर्थिक र नैतिक रूपमा पारदर्शी नभएपछि अनलाइन मतदान प्रणालीको व्यवस्था गरेको हो ।

गैरआवासीय नेपाली संघको निर्वाचनका लागि एक सय नौजना उम्मेदवारले उम्मेदवारी दर्ता गएका छन् । अध्यक्ष पदका लागि चारजना, उपाध्यक्षका लागि १८ जनाले उम्मेदवारी दिएका छन् । महासचिवका लागि दुईजना, सचिवका लागि १५ जना, कोषाध्यक्षका लागि दुईजनाले उम्मेदवारी दिएका छन् । पाँचजना भने निर्विरोध चयन भएका छन् । निर्वाचित कार्यसमितिले दुई वर्षसम्म काम गर्न पाउँनेछन् । अध्यक्षमा संघका वर्तमान कार्यकारी अध्यक्ष डा.बद्री केसी, अध्यक्ष रबिना थापा तथा उपाध्यक्षद्वय आरके शर्मा र महेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर