नेपाल प्रहरीमा ९६ इन्स्पेक्टर र २६० असईमा भर्ना खुल्यो

नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले शुक्रवार सार्वजनिक सूचना निकाल्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो।

प्रहरीले जनपद प्रहरी समूहतर्फ इन्स्पेक्टर र असई पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

इन्स्पेक्टरका हकमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र असईका हकमा काठमाडौं प्रहरी शिक्षालयसहित सातवटै प्रदेशबाट दरखास्त दिन सकिनेछ ।

योग्यता पुगेका नेपाली नागरिकले २९ मङ्सिरभित्र आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर