सशस्त्र प्रहरीमा एसपी बढुवाका लागि निवेदन माग

सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि निवेदन माग गरेको छ ।

बढुवापश्चात् रिक्त हुन आउने पदमा पदपूर्तिका लागि बढुवा समितिको कात्तिक १५ गतेको निर्णयानुसार निवेदन माग गरिएको हो।

प्राविधिक समूह, स्वास्थ्य र सञ्चार तथा इन्जिनियरिङतर्फ निवेदन माग गरिएको हो।

सम्भाव्य उम्मेदवार {सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)} हरूलाई कात्तिक २१ गतेसम्म आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायतका बढुवा प्रयोजनार्थ आवश्यक प्रमाणपत्रहरूको प्रतिलिपि संलग्न राखी नियमावलीबमोजिम मूल्यांकन फाराम भरेर प्रधान कार्यालय, बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको छ।

हेराैं सूचना :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *