लेफ्टिनेन्ट कर्णेल कार्कीको कमाण्डमा १५० जना नेपाली शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

नेपाली सेनाले दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरेको छ।

दक्षिण सुडानमा राष्ट्रसंघीय मिसन (यूएनमिस) मा तैनाथ हाई रेडिनेस गुल्म (शान्ति सेना) छैटौं डफ्फालाई बदली गर्न अर्को टोली पठाइएको छ।

समरजित गुल्म (शान्ति सेना) सातौं डफ्फाका १५० जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी दिनेश कार्कीको नेतृत्वमा बिहीबार मिसन इलाका प्रस्थान गरेका हुन्।

उक्त मिसनमा तैनाथ हाई रेडिनेश गुल्म (शान्ति सेना) छैटौं डफ्फाका १३५ जना नेपाली शान्ति सैनिकहरू सेनानी प्रेन शाहको नेतृत्वमा शुक्रबार स्वदेश फर्किएकोे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाल संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि विश्वभर तैनाथ मिसनहरूमा फौज उपलब्ध गराउने सदस्य राष्ट्रहरूको दोस्रो वरीयतामा रहेको छ।

हालै नेपाल भ्रमण सम्पन्न गरेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भ्रमणका दौरान नेपालले विश्व शान्ति स्थापना कार्यमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर