अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताएका छन्। शनिबार नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रूपमा भन्दा पनि सबै पक्षहरूलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउनु आवश्यक रहेको बताए।

अर्थतन्त्रमा देखिएका समस्याका कारण सर्वसाधारणहरू लगानी गर्न डराइरहेको भन्दै उनले सबै निकायहरूको साझा एजेण्डा अर्थतन्त्र सुधार गर्ने भएमा मुलुकले खोजेको अर्थतन्त्र चलायमान हुने बताए। उनले अहिले एकआपसमा आरोप-प्रत्यारोप गर्नेभन्दा पनि कहाँ-कहाँ कसरी बढ्न सकिन्छ भन्ने बहस गरी अगाडि बढ्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर