गुल्सनले लिए ओमानको दोस्रो विकेट

आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधि भिडन्त नेपाल र ओमाबीच भइरहेको छ। जारी खेलमा जितका लागि नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले दोस्रो विकेट गुमाएको छ।

नेपालका लागि दोस्रो विकेट गुल्सन झाले लिए। गुल्सनले ओमानका अबिक इल्यासलाई ३३ रनमा सन्दीप जोराबाट क्याच गराए। उनले दोस्रो विकेटका लागि कश्यप प्रजापतिसँग ६७ रनको साझेदारी गरे। ओमानले ९.४ ओभरमा दोस्रो विकेट गुमाउँदा ९४ रन जोडेको स्थिति थियो।

त्यसअघि ओमानका प्रतिक अथाभलेलाई नेपालका सोमपाल कामीले तेस्रो ओभरको अन्तिम ओभरमा ७ रनमा एलबिडब्लूको धरापमा परे। सोमपालले सो ओभररको पहिलो पाँच बलमा तीन चौकासहित १७ रन खर्चिएका थिए।

मध्यक्रमका ब्याटस्मयानद्वय गुल्सन झा र रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोड्यो।

कमजोरस्थितिमा रहेको नेपालको रन उकास्ने क्रममा गुल्सनले २५ बलमा ५४ रनको योगदान गरे। गुल्सनले ५ चौका र ४ छक्का प्रहार गर्दा नेपालको रन स्कोर बढेको थियो। उनले पाँचौ विकेटका लागि कप्तान रोहित कुमार पौडेलेसँग ७८ रनको साझेदारी गरे।

गुल्सन दशौं ‍ओभरमा कुशल मल्ल ३ रनमा आउट भएपछि मैदान छिरेका थिए। मल्ल आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा ६० रन जोडेको थियो।

गुल्सनसँगै कप्तान रोहित पौडेलको अर्धशतक पनि नेपालका लगि महत्वपूर्ण सावित भयो। रोहितले नटआउट ५२ रन जोडे। उनले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

यस्तै करण केसीले नटआउट २० रन जोडे। करणले ५ बलमा १ चौका र २ छक्का प्रहार गरे। नेपालले अन्तिम ओभरमा ओमानका फयज बटलाई २४ रन प्रहार गरेको थियो।

पहिलो १० ओभरमा ६० रन जोडेको नेपालले पछिल्लो १० ओभरमा १२४ रन जोडेको थियो।

नेपालले ८ ओभर नसकिदै महत्वपूर्ण ३ विकेट गुमायो। ओपनिङ ब्याटर आसिफ शेख तेस्रो ओभरमा विलाल खानको बलमा ६ रनमा क्याच भए।

सातौं ओभरमा सन्दीप जोरा १० रनमा जीशन मक्सुदबाट बोल्ड भए। आठौं ओभरको पहिलो बलमा नेपालले ओपनर कुशल भुर्तेललाई ३१ रनमा गुमायो। अकिब इल्यासको बलमा क्याच हुनुअघि उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

विवेक यादवले १९औं ओभरमा छैटौं विकेटको रुपमा आउट हुनुअघि १ रन मात्र जोड्न सके।

बलिङमा ओमानका विलाल खानले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए।

दुवै टिमले यसअघि सेमिफाइनल जित्दै आगामी वर्ष वेस्ट इन्डिज र अमेरिका हुने टी-२० विश्वकपमा स्थान पक्का गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *